दफा ५
इजाजतपत्रको अवधि र नवीकरण
(१) दफा ४ बमोजिम प्रदान गरिएको इजाजतपत्र दफा ७ बमोजिम खारेज भएको अवस्थामा बाहेक एक आर्थिक वर्षसम्म मान्य हुनेछ । इजाजतपत्र जुनसुकै मितिमा प्रदान गरेको भए तापनि सो आर्थिक वर्षको अन्त्यमा त्यस्तो इजाजतपत्रको अवधि समाप्त हुनेछ ।
(२) उपदफा (१) बमोजिम इजाजतपत्रको अवधि समाप्त भएका प्र्रत्येक निर्माण व्यवसायीले इजाजतपत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभित्र तोकिए बमोजिमको दस्तुर तिरी तोकिएको अधिकारीबाट तोकिए बमोजिम इजाजतपत्र नवीकरण गराउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको म्याद नाघेको छ महिनाभित्र इजाजतपत्र नवीकरण गराउन चाहने निर्माण व्यवसायीले तोकिए बमोजिमको थप दस्तुर तिरी तोकिए बमोजिम इजाजतपत्र नवीकरण गराउन सक्नेछ ।